नेकपा क्रान्तिकारी माओवादी : नेतृत्वको गद्दारीले जनयुद्ध र क्रान्ति प्रक्रियामा धक्का


काठमाडौँ , १ फागुन । नेकपा क्रान्तिकारी माओवादीले नवसंशोधनवादी विचलन र मूल नेतृत्वको गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको नेकपा क्रान्तिकारी प्रेस विज्ञप्तिमा बताएको छ ।

२५ औँ जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)ले माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको र नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको प्रक्रिया समाप्त भने नभएको उसको ठहर छ ।

विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारी पार्टीहरूलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न वैद्यले आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्