सिंहदरबार प्रवेश गर्न सर्वसाधारणलाई सहज बनाउन सांसद शान्ति चौधरीको माग


काठमाडौँ, २९ माघ /  सिंहदरबार प्रवेश गर्न सर्वसाधारणलाई सहज बनाउन सांसद शान्ति चौधरीले माग राखेकी छन् । बुधवार प्रतिनिधि सभामा चौधरीले सो कुराको माग राखेकी हुन ।

सुरक्षाको हिसाबले आवश्यक रहेपनि जनस्तरका व्यक्तिहरू सिंहदरबार भित्र प्रवेश गर्न, भित्रबाट नै पास दिनु पर्ने अनिवार्य व्यवस्थाले भेटघाटको लागि हुने र पास लिने क्रममा नै धेरै समय जाने भएकोले सहज व्यवस्थाको सांसद चौधरीले माग गरेकी छन् ।

उनले भनिन, “अबदेखि निश्चित समय भित्र कम्तीमा दिनको दुई घण्टा आफ्नो राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गरेर सिंहदरबार भित्र प्रवेश दिने व्यवस्था गरे न्यायोचित हुने छ । यो व्यवस्थाले समयको बचत हुन्छ । नेपाली जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति पनि गराउँछ ।”

 

प्रतिक्रिया दिनुहोस्