लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ


काठमाडौँ, २९ माघ । सतुंगल र थानकोटबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेको छ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटेर फरार भएका तीन भारतीय पक्राउ परेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राई अनुसार महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो ।

एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको एसएसपी टेकबहादुर राईले जानकारी दिएका छन् । उनले भने, ‘सेफ भेटिएको छ । फोडिएको छैन, अनुसन्धान थालेका छौँ ।’ प्रहरीले पक्राउ तीन जना भारतीय भएको बताए पनि उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्