स्वस्थानी र ऋषि पञ्चमी व्रतकथाको पानाहरू च्यात्न सकोस् : सांसद यशोदा


काठमाडौँ, २८ माघ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानीको र ऋषि पञ्चमी व्रतकथाको पुस्तकको पानाहरू च्यात्न माग गरेकी छन् ।

उनीले छाउ परम्परा र संस्कारलाई अन्त्य गर्न धार्मिक अन्धविश्वासको पनि अन्त्य गर्नु पर्ने बिचार प्रकट गर्दै प्रतिनिधिसभाको शून्य समयमा सो कुरा बताएकी हुन ।

छाउगोठ भत्काउने गृह मन्त्रालयको कार्यको प्रशंसा गर्दै उनले भनिन्, “ के गाउँ, के सहर, के पश्चिम, के पूर्व, सबै तिर कुनैन कुनै रूपमा छाउको संस्कार भत्काउन सरकार जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सबैको संयुक्त प्रयास र सशक्त अभियानको खाँचो छ । छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरू भत्काउन सकोस् । छाउ जस्ता परम्परा र संस्कारलाई पार्ने स्वस्थानीको को र ऋषि पञ्चमी व्रतकथाको पानाहरू च्यात्न सकोस् ।”

उनीले सदियौँ देखी राखेको कुरीति भत्काउन केवल छाउगोठ भत्काउने कार्य मात्र पर्याप्त नहुने र बारीका ढिक्मा भएका छाउगोठ भत्काएर मात्र नहुने बताएकी छन् । मान्छेका मनमस्तिष्कबाट छाउगोठ भत्काउन जरुरी रहेको बताइन ।

https://youtu.be/f1VzUNbdRTE

प्रतिक्रिया दिनुहोस्