मरेको चित्तल सहित बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरी नियन्त्रणमा


बैतडी, २६ माघ । प्रहरीले चेकजाँचका क्रममा बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा चित्तल फेला पारेका छन् । सो एम्बुलेन्स प्रहरीले गाडी नियन्त्रणमा लिएको छ । आइतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएपछि नियन्त्रणमा लिएको हो ।

डिलाशैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिएका छन् ।

बिरामी र्पुयाएर महेन्द्रनगरबाट फर्किने क्रममा गोकुलेश्वरमा चेकजाँच गर्दा एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएको राउनले बताए ।

प्रहरीले चालक महेश बोहरालाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाइएको छ । चालक बोहरामाथि अनुसन्धान भइरहेको र उनीमाथि वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही हुने साउदको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्