ललिता निवास जग्गा प्रकरण : माधव नेपालले भन्छन् “म दोषी छैन, दोषी जोसुकै होस उम्कन पाउँदैन”


विराटनगर, २५ माघ / पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेकपा नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नभएको बताउँदै दोषी जोसुकै भए पनि उम्किनु नहुने बताएका छन् । शुक्रवार विराटनगर विमान स्थलमा पत्रकारहरू को कुराकानीमा उनेले सो कुरा बताएका हुन ।

उनले भने, “भ्रष्टाचार गरेको छ, अनुचित कार्य गरेको छ भने त्यो जोसुकै भए पनि किन नहोस्, उम्किन पाउँदैन । म दोषी छैन, म अपराधी हैन, म भ्रष्टाचारी हैन र म भ्रष्ट्राचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हो ।”

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पालोमा कुनै नयाँ मोही बनाउनको लागि मोही दिने निर्णय नभएको बताएका छन् । २०६६ चैत र २०६७ वैशाखमा माधवकुमार नेपालको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवासबाहिर रहेको बालुवाटारस्थित ललिता निवासको २७ रोपनी जग्गा प्रधानमन्त्री निवासअन्तर्गत ल्याइएको थियो ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि मुछिएका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा गच्छदारसहित १७५ जनाविरुद्ध माघ २२ गते बुधवार भ्रष्टाचार मुद्दा दायर गरिएको छ । तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि यो प्रकरणमा भ्रष्टाचारमा मुछिएका छन् ।

पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि भ्रष्टाचारमा मुछिएका छन् ।

https://youtu.be/VhKQZ30DKKI

प्रतिक्रिया दिनुहोस्