भारतीय नागरिक सुवान हत्याकाण्डका दुई जना पक्राउ


काठमाडौँ ,२४ माघ । झापाको चारपानेमा भारतीय नागरिक सुवान शेखको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । २१ माघको बिहान बिर्तामोड २ चारपानेमा एक व्यक्तिको शव जलाएको अवस्थामा भेटिएको हो ।

मृतक भारत घर भई करिब १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका सुवान शेख भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीकारअनुसार २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद भएको थियो । त्यहाँबाट गएका उनीहरू फेरि त्यही ठाउँमा आइपुग्दा पनि शेखलाई भेटेपछि थप विवाद भएको र त्यही क्रममा ढुङ्गाले हानेका थिए । ढुङ्गा लागेर बेहोस भएपछि करण र लक्ष्मणले घिसारेर खेतमा लगे ।

चक्कुले शेखको संवेदनशील अङ्ग काटेर फाले र परालले छोपेर आगो लगाए । पक्राउ परेकाहरूले दिएको बयानअनुसार विवादका क्रममा अश्लील गाली गरेको रिस र छिटो मर्छ भनेर संवेदनशील अङ्ग काटेर फालेको बताएका छन् । थप अनुसन्धान गरी कारबाही अगाडि बढाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्