शुक्रवार पनि काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरे


काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा आज (शुक्रवार) पनि संसद् बैठक अवरुद्ध गरेको छ ।

बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपनेता गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

काँग्रेसको अवरोधपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले संसद्को काम कारबाही सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सबै सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि काँग्रेसका सांसद मानबहादुर विश्वकर्मालाई आफ्नो धारणा राख्न सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए ।

सांसद विश्वकर्माले निर्दोष विजय गच्छदारलाई पक्रिएर सारा अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च रचिएको आरोप लगाएका छन् । उनले भने, ‘सरकारले नियोजित योजनामा अख्तियारले काँग्रेसका सांसद थुन्ने काम अघि बढाएको छ, अख्तियार सरकारको छाया भएर सत्तारुढ पक्षकालाई बोक्ने र अरूलाई ठोक्ने कार्य बेठिक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्