डिएसपी राजकुमार खिउजुलाई पक्राउ गर्ने तयारी


काठमाडौँ ,२३ माघ । नेपाल प्रहरीबाट स्वैच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिउजुलाई पक्राउ गर्ने तयारी गरेको छ ।

डिएसपी खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी दर्ता भएको छ । आफू विरुद्ध उजुरी पर्न लागेको चाल पाएलगत्तै फरार भइसकेका छन् । दुई दिनदेखि उनको मोबाइल पनि ‘स्विच अफ’ छ महानगरीय प्रहरी परिसर, ललितपुरको मुद्दा शाखाका एक अधिकृतका अनुसार जिल्ला अहिले अदालत, ललितपुरबाट खिउजुलाई पक्राउ गर्न अनुमति लिने तयारी भइरहेको छ ।

यसअघि बुधवार साँझ ५ बजे ललितपुरको महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध किटानी जोहरी दिएकी थिइन् । उनको साँझै पाटन अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । ‘घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी परेको हो’, उनले भने, ‘यसमाचाहिँ हामी दुवै पक्षलाई राखेर छलफल गराउँछौँ ।’

प्रहरी रिपोर्ट बनाउनका लागि ३० मङ्सिरमा महानगरीय प्रहरी वृत्त, चापागाईँ पुगेका वेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ । ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’

पहिलो गरेको गलत क्रियाकलापको तस्वीरसमेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजुले शारीरिक शोषण गरेको उनी बताउँछिन् । यसबारे उजुरी गर्न काठमाडौँ प्रहरी परिसरमा पुग्दा पनि सहयोग नपाएको उनको गुनासो छ ।

यो घटनालाई लिएर पीडित युवती विभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्