गच्छदारको मुद्दालाई लिएर प्रतिनिधिसभाको बैठक शुक्रवारसम्म स्थगित


काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेता विरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै काँग्रेसले संसद् बैठक अवरुद्ध गरेको हो ।उसले सरकारले अख्तियारको प्रयोग गरेर काँग्रेस र अन्य नेताहरूप्रति असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रवारसम्म बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्