कलङ्की अण्डरपासमा मोटरसाइकल र टिपर ठोकिँदा दुई को निधन


काठमाडौँ, २३ माघ । बल्खुबाट स्वयम्भूतिर जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको टिपर बुधवार राति साढे १२ बजेतिर कलङ्की अण्डरपासमा ठोकिँदा दुई जनाको ज्यान गएको छ ।

टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका थिए ।उपचारका लागि उनीहरूलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति पौने २ बजे उनीहरूको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कलङ्कीका निरीक्षक पुरुषोत्तम कार्कीले बताएका छन् ।

मोटरसाइकललाई ठक्कर दिने टिपरको प्रहरीले खोजी गरिरहेको छ । मोटरसाइकललाई ठक्कर दिएको टिपर रोक्नुको सट्टा थप गतिका साथ भागेको थियो ।
अँध्यारो हुने भएकाले राति अण्डरपासमा भएको सिसी क्यामेराले गाडीको नम्बर देख्न नसकिन्न प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्