चार जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा


काठमाडौँ, २१ माघ । प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चार जना एसपीको काज सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले बारामा कृष्णप्रसाद पंगेनीको काज सरुवा गरेको छ । पूर्वी नवलपरासीमा दीपक रेग्मीको सरुवा गरिएको छ ।

बाराका एसपी विकासराज खनाललाई प्रदेश–५ दंगा नियन्त्रण प्रहरी गण सुनवल, वीरगन्जमा कार्यरत सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौँ र मोहन प्रसाद पोखरेललाई गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ परिसरमा कार्यरत एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्