आईसीसी क्रिकेट वर्ल्डकपमा नेपालको ६ विकेट गुमाएर १२१ रन बनाए


काठमाडौँ, २२ माघ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले ३४ ओभरसम्मको खेल सकिँदा ६ विकेट गुमाएर १२१ रन बनाएको छ ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधवार १९८ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दा सुरुवातमै महत्त्वपूर्ण दुई विकेट गुमाएको थियो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई ३ र पूर्व कप्तान पारस खड्कालाई एक रनमै गुमाएको थियो ।

टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्