वडाध्यक्ष पदमबहादुर धामीको मृत अवस्थामा शव फेला


अछाम, २१ माघ । अछामको पञ्चदेवल विनायक नगरपालिका– २ माथिल्लो विनायकका वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको आज बिहान मृत अवस्थामा शव फेला परेका छन् ।

वडाध्यक्ष धामीको अनुहारभरि रगत लतपतिएको अवस्थामा माथिल्लो विनायकस्थित धामी गाउँको गैरी गाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले बताएका छन् ।

बिहान ७ बजे भैँसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
घटनास्थल र शवको बारेमा विस्तृत अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्