हेटौँडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपी पक्राउ


हेटौँडा ,२१ माघ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मङ्गलवार हेटौँडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले हेटौँडामा पत्रकार सम्मेलन गर्दै हत्यामा पक्राउ पर्नेमा हेटौँडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौँडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौँडा–११ कि २० वर्षीय एलिसा पाख्रिन, हेटौँडा–४ का २४ वर्षीय आशिष् बल र हेटौँडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् ।

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अजिताको हत्यापछि शव ट्रकमै राखेर यही माघ ४ गते बिहान हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा शव फेला परेको थियो ।

यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्