६० सह–सचिवसहित उप–सचिवहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)


काठमाडौँ, २० माघ । सरकारले ६० सह–सचिवसहित उप–सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि परिवर्तन भएका छन् ।

गृह मन्त्रालय मन्त्रालयले आफू मातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्था पन गरेको छ । गृहले मन्त्री स्तरीय निर्णय गर्दै बुधवार गरेको सरुवाबाट १६ जिल्लाका सिडिओ परिवर्तन भएका हुन् । सिडिओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेलधुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यस पटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

त्यस्तै, आइतबार नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।

भुसाल प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखा र प्रवक्ताको भूमिकामा थिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पनि परिवर्तन भएको छ । सङ्घीय मामिलाले विभागको महानिर्देशकको भूमिकामा रहेका विष्णुकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्