नेकपा र काँग्रेसले संघीयताको नाममा साबिक १४ अञ्चललाई रूपान्तरण गरे : अशोक राई


गाईघाट , १९ माघ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा र काँग्रेसले संघीयताको नाममा साबिकको १४ अञ्चललाई घटाएर ७ अञ्चलमा रूपान्तरण गरी बागमती , गण्डकी, कर्णाली राखेको बताएका छन् ।

उदयपुरको गाईघाटमा भएको समाजवादी पार्टी प्रदेश नं १ समितिको आयोजनामा सुरु भएको प्रादेशिक प्रशिक्षणमा देश संघीयतामा गइसकेको अवस्थामा संविधानमै मातृभाषालाई राष्ट्र भाषाको रूपमा स्वीकार गरिसक्दा पनि राज्यले मातृभाषाहरूलाई प्रयोगमा ल्याउनु नसक्नु दुखद भएको टिप्पणी गरेका छन् ।

प्रादेशिक प्रशिक्षणमा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ, हेम राज राई महा सचिव रणध्वज कन्दङ्वा सचिव पशुराम बस्नेत लगायत नेताहरूले प्रशिक्षण दिने समाजवादी पार्टी प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्