भारतले जारी गरेको नयाँ नक्सा नेकपालाई अमान्य


काठमाडौँ, १९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । केन्द्रीय समिति बैठकमा समूहगत छलफलपछि हलले सर्वसम्मत रूपमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरूको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए ।

सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरूले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् बैठकले भारतद्वारा हालै जारी भएको नयाँ नक्सा अमान्य हुने निर्णय गरेको छ ।

सत्तारुढ दल नेकपाले सो नक्सा अमान्य हुने घोषणासहित नेपाल सरकारलाई अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सुझाव पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्