नेकपामा सर्वसम्मतिले वामदेव गौतम उपाध्यक्षमा चयन


काठमाडौँ, १९ माघ । राष्ट्रिय सभागृहमा जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई सर्वसम्मतिले उपाध्यक्ष चयन गरेको छ ।

आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन र सांगठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन ।

गएको साउन अन्तिम साता बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अध्क्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अगाडि सारेका थिए ।

उनलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने निर्णय गरेपछि स्थायी समितिले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्