नेकपाले एमसीसी बारे कार्यदल गठन


काठमाडौँ, १९ माघ ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव सङ्कलन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदल गठन गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे सुझाव सङ्कलन गर्न कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्