अमेरिकी सहयोग सैन्य गठबन्धन नरहे एमसीसी स्विकार्न सकिने : डा. भट्टराई


गाईघाट, १९ माघ । अमेरिकी सहयोग सैन्य गठबन्धन नरहे एमसीसी स्विकार्न सकिने पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन् ।

उदयपुरको गाईघाटमा आइतबार देखी सुरु भएको पार्टीको प्रादेशिक प्रशिक्षणलाई सम्बोधन गर्दै एमसीसी बारे सो कुरा भट्टराईले बताएका हुन । भट्टराईले भने ‘एमसीसी सैन्य गठबन्धन रणनीति हो वा होइन भन्ने बारे सरकारले प्रस्ट भएर मात्रै सहयोग लिनुपर्दछ ।’

समाजवादी पार्टीको तीन महिना विसु अभियान अन्तर्गत प्रदेश न. १ को आयोजनामा २ दिने प्रशिक्षण सुरु भएको छ । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उदयपुरको गाईघाटमा आज आइतबारबाट सुरुबाट भएको छ ।

पूर्व प्रधानमन्त्री तथा पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेशस्तरीय प्रशिक्षण अभियान उद्घाटन गरेका हुन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता अशोक राई , उपाध्यक्ष रकम चेम्जोङ, हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा लगायतको शीर्ष नेताहरूले प्रशिक्षण दिने भएको छ ।

प्रशिक्षणको अन्तिम दिनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण सहित सम्पन्न गर्ने कार्यक्रम रहेको समाजवादी पार्टी प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङले बताएका छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश पदाधिकारी र सदस्यहरू जनवर्गीयसगंगनका नेता लगाएको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्