भगौडा हवलदारसहित तीन जना पक्राउ


काठमाडौँ ,१९ माघ । नेपाल प्रहरीका एक जना भगौडा हवलदारसहित तीन जना प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका ३० वर्षीय भगौडा हवलदार रवि कार्की , भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेल रहेका छन् । यो समूह दिउँसोमै कार लिएर चोरी गर्न हिँड्ने गरेको थियो । पछिल्लो पटक भत्केको पुलमा रहेको बालकुमार थपलियाको घरमा डेरा गरी बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेपछि यो गिरोह समातिएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताएका छन् ।

‘कार्कीको कोठाबाट उनीहरूले २८ पुसमा दुई लाख रुपैयाँ नगद, २० तोला सुनका गहना र सामसुङ कम्पनीको एउटा मोबाइल चोरी गरेका थिए’, थापाले भने, ‘अनुसन्धानका क्रममा उनीहरूले गोकर्णेश्वर–५ मा रहेको निश्चल सुनचाँदी पसलमा गहना बिक्री गरेको खुलेको छ ।

चोरीको सामान सस्तोमा किनेपछि पसल सञ्चालक खोटाङको रुपाकोट–१२, जालपा घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय मौलबहादुर विकलाई प्रहरी नियन्त्रण लिएको छ ।
पक्राउ परेका चारै जनालाई चोरी मुद्दामा जिल्ला अदालत, काठमाडौँबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अदालतले अनुसन्धानका लागि ५ दिनको अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्