एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने : डा. शेखर कोइराला


बुटवल ,१९ माघ । एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुङ्ग्याउन सरकारसँग माग गर्दे नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुङ्ग्याउनु पर्छ । तर अनुदान भने लिनुपर्छ । एमसीसी अनुदानमा सैन्य रणनीति जोडिएको कतिपयले बताइरहेका बेला कोइरालाले भने चर्चा गरिएजस्तो सैन्य रणनीति नरहेको बताएका छन् ।

प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा नेपाल बीआरआईमा गएको र एमसीसी सम्झौता पनि काङ्ग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुँदा भएको उनले प्रस्ट पारे । एमसीसीमा केही स्वार्थ भए पनि यसलाई नेपालको हितमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

नेता कोइरालाले कार्यकर्ताको भावनाअनुसार आगामी महाधिवेशनमा आफू अघि बढ्ने बताए । त्यसका लागि जिल्ला जिल्लामा राय सुझाव सङ्कलन गरिरहेको उनले जानकारी दिए । ‘कोइराला परिवारले मात्रै काँग्रेस धान्ने होइन होला । कार्यकर्ताको भावना अनुरूप अगाडि बढ्ने सोचमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्