इनरुवामा बस र माइक्रोवश ठोक्किँदा पाँच जनाको निधन


सुनसरी, १९ माघ । सुनसरीको इनरुवा नगरपालिकाको तित्रीबनामा बस र माइक्रोवश आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

इटहरीबाट इनरुवातिर जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस गाडी र इनरुवाबाट इटहरीतिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठोक्किएका हो ।

दुर्घटनामा माइक्रोका चालक दीपक खड्कासहित तीन जनाको घटनास्थलमा ज्यान गएको छ भने उपचारको क्रममा दुई जना गरी पाँच जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा काठमाडौँका हेमराज कोइरालाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्