गाउँपालिका अध्यक्षसहित चार जनालाई पक्राउ पुर्जी जारी


दैलेख, १८ माघ । जिल्ला प्रशासन कार्यालय दैलेखले नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरसहित चार जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।

उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गर्न पुर्जी जारी गरिएको हो । माघ १३ गते जनजाति महासङ्घको बैठक सकेर घर फर्कने क्रममा वडा नं. ५ निवासी कृष्ण सलामीमाथि अभद्र व्यवहार गरेको उजुरी परेको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले बताएको छ ।

गाउँपालिका अध्यक्ष निकट वडा नं. ३ का अध्यक्ष गगन रोका मगरले भने अध्यक्षको बदनाम गराउन बदनियतले नाम राखेर जाहेरी दिएको आरोप लगाए । जाहेरवाला सलामीको गाउँपालिका अध्यक्षका सवारी चालक कुलवीर खत्रीसँग झगडा भएको र उल्टै चालकलाई मरणासन्न हुने गरी पिटेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्