सुन्दरहरैचाको टेन्डर फिट स्कुलमा लागुऔषध विरुद्ध अभिमुखीकरण कार्यक्रम


अशोक गुरुङ –
सुन्दरहरैचा , १७ माघ ।  सुन्दरहरैचा एकता युवा क्लब र इलाका प्रहरी कार्यालय बेलवारीले संयुक्तरुपमा दुर्व्यसनी तथा कुसंगती विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सुन्दरहरैचा–४ टेन्डर फिट बोर्डिङ स्कुलको सभाहलमा आज शुक्रवार दुर्व्यसनी तथा कुसंगती विरुद्ध अभिमुखीकरण कार्यक्रम भएको हो । सुन्दरहरैचा एकता युवा क्लबका अध्यक्ष सुमन राईले विधार्थीहरुलाई दुर्व्यसनी तथा कुसंगतीमा नफस्न अनुरोध गर्दे, लागुऔषध विरुद्ध कार्यक्रम निरन्तर गर्ने बताएका छन् ।

कार्यक्रममा सुन्दरहरैचानगर–४ का अध्यक्ष सलेन्द्र श्रेष्ठ , टेन्डर फिटका प्रिन्सिपल रीशीराज रेग्मी , आर्ट नेपाल काउन्सीलर रोधन विष्ट लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा टेन्डर फिट बोर्डिङ स्कुलका कक्षा ९ र १० का छात्रछात्राको सहभगीता रहेको थियो ।

कार्यक्रम सुन्दरहरैचा एकता युवा क्लबका अध्यक्ष सुमन राईको अध्यक्षमा सम्पन्न भएका हो भने सह–सचिव निशल घिमिरेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्