बेलवारीमा आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ हुने


बेलवारी ,१७ माघ । बेलवारीमा आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ बेलवारी समन्वय परिषद् बेलवारीले ड्रिमलेण्ड फानपार्कको सभा हलमा आज शुक्रवार पत्रकार सम्मेलन गर्दै महोत्सव हुने जनाएका हुन ।

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ फाल्गुण १७–२४ गते सम्ममा हुने आयोजकले बताएको छ । कार्यक्रममा कृषि , विभिन्न जातजातिका स्टलहरू राखिने भएको छ ।

आयोजित कार्यक्रममा अनुमानित खर्च २४ लाख ९० हजार हुने छ भने अनुमानित बचत २६ लाखको हुने आयोजकले बताएको छ । कार्यक्रमका विशेष सहयोगी बेलवारी नगरपालिका रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्का अध्यक्ष तिलक प्रसाद राईले आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा विभिन्न जातजातिको मौलिक खानपान , संस्कार संस्कृति झल्किनेको साथै बेलवारीवासीको व्यापार प्रवर्द्धनमा सहयोग पुराउने बताए । अध्यक्ष राईले नगरवासीलाईनै महोत्सव सफल बनाउनु अनुरोध पनि गरेका छन् ।

कार्यक्रमका उद्देश्य बारे समितिका सचिव मनकुमार गुरुङले प्रस्ट पार्दै महोत्सव, आदिवासी समुदायको युवाहरूलाई उद्यमशीलताको लागि अग्रसर गराउने , आदिवासी समुदायको कला , साहित्य, संस्कार संस्कृति र पहिचान संरक्षण गर्ने विशेषहरू रहेको बताएका छन् ।

कार्यक्रममा राजनैतिक पार्टीका नेताहरू महेन्द्र सुवेदी , नरेन्द्र कट्टेल आदिवासी जनजाति महासङ्घ बेलवारी नगरका कार्यसमिति, जातीय संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ बेलवारी नगरका अध्यक्ष तिलक प्रसाद राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव मनकुमार गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्