भोलि काठमाडौँका केही स्थानमा बिजुली अवरुद्ध हुने


काठमाडौँ, १७ माघ ।  चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न भएकोले काठमाडौँका केही स्थानमा शनिवार (भोलि) दिनभर बिजुली अवरुद्ध हुने भएको छ ।

महाराजगन्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिवार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरुद्ध हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत् अवरुद्ध हुने जानकारी दिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्