निजी विद्यालयको लगानी सरकारले सुरक्षित गर्न तयार छ : मन्त्री जसमाया गजमेर


सुन्दरहरैचा , १६ माघ ।  निजी विद्यालयको लगानी सरकारले सुरक्षित गर्न तयार रहेको प्रदेश १ सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले बताएकी छन् ।

सुन्दरहरैचा वाड नं. १० स्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुलले रजत जयन्तीमा मन्त्री गजमेरले निजी विद्यालयको शिक्षा क्षेत्रमा पूर्ण योगदान रहेको बताउँदै प्रदेश सरकारले निजी विद्यालयको लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको बताएकी हुन ।

सामुदायिक विद्यालयमा व्यवस्थित पठनपाठन हुन नसकिरहेको बेला छोराछोरीलाई गुणस्तर शिक्षा दिने हरूको अभिलाषा निजी विद्यालयले पुरा गर्दै भावनाको सम्मान गरिरहेको उनले बताइन । निजी विद्यालयसँग पहुँच राख्न नसक्ने परिवारका छोराछोरीलाई पनि गुणस्तर शिक्षा प्रदान गर्न, प्रविधि मैत्री विद्यालय बनाउन, गुणस्तर विकास गर्न प्रदेश सरकार लागि रहेको मन्त्री गजमेरले बताइन । गुणस्तर शिक्षाको लागि निजी विद्यालयहरूसँग प्रतिस्पर्धामा आउने गरी सामुदायिक विद्यालयमा सरकारले लगानी गर्ने बताइन ।

सिद्धार्थलाई प्रविधि मैत्री विद्यालयको रूपमा स्थापित गर्न लागि रहेको र चाडै घोषणा पनि गर्ने कार्यक्रमका सभाध्यक्ष तथा स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले जनाएका छन् । ६ कक्षा देखी १२ कक्षा सम्म प्रविधि मैत्री कक्षा सञ्चालन गरी रहेको र १ देखी ५ कक्षा सम्म पनि जोड्ने क्रम रहेको बस्नेतले बताएका छन् ।

रजत जयन्तीको अवसरमा सिनियर र जुनियर सिद्धार्थ डान्सिङ आइडल, पब्लिक स्पीकिङ र सिद्धार्थ सिङ्गिङ आइडल प्रतियोगिता पनि गरिएको थियो । उक्त तिनै विद्याका विजेताहरूलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूले साहित्य सृजना कविता वाचन पनि गरेका थिए ।

सरस्वती पूजाको अवसरमा आयोजित रजत जयन्ती, स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ भने भाइस प्रिन्सिपल जे. वि थुलुङले सञ्चालन गरेका थिए ।

https://youtu.be/BOZgPfqUX9g

प्रतिक्रिया दिनुहोस्