बंगलादेशी नागरिक हत्या आरोपी मिया पक्राउ


काठमाडौँ,१६ माघ । बंगलादेशी नागरिक अहमद मोहिउद्दीन अहमदको हत्या आरोपी दुला मियालाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।

अहमदको हत्या गरी फरार रहेको भनिएका मियालाई गएराति नै काठमाडौँतर्फ ल्याइएको छ । बंगलादेशी नागरिक हत्यामा संलग्न व्यक्ति सार्वजनिक गर्ने तयारी भइरहेको नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीले बताएका छन् ।

पेसाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी मियासँगै नेपाल आएका थिए । अहमद र दुला मियाले सोल्टीमोडको होटेल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेका थिए ।

तर त्यहीँ अहमदको हत्या भएको थियो । घटनाको १ दिनपछि यसबारे अनुसन्धान थालेको प्रहरीले हत्या आरोपित मियालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्