देहव्यापार र मानव बेचबिखनमा संलग्न वडाध्यक्षसहित ३ जना पक्राउ


काठमाडौँ ,१६ माघ । महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले सानेपाबाट काठमाडौँको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्षसहित ३ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष पुष्कर खड्का , काठमाडौँ महानगरपालिका १६ का व्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारीका नबल ठाकुरलाई रहेका छन् ।

एक महिलाले सानेपाको एक खाजा घरमा देहव्यापार गर्ने गरेको उजुरी दिएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा वडाध्यक्ष श्रेष्ठसहित ३ जना देहव्यापार र मानव बेचबिखनमा संलग्न भएको देखिएपछि गत शुक्रवार नियन्त्रणमा लिएको ललितपुरका एसएसपी टेकप्रसाद राईले बताएका छन् ।

एसएसपी राईका अनुसार, मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्