देशभर आज सरस्वती पूजाराधना गर्दे


काठमाडौँ , १६ माघ । आज श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी देशभर मनाइँदै छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।

विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खास गरी छात्रछात्राले मनाउँदै छन् । विद्यालय र क्याम्पसहरूमा पनि आज सरस्वती पूजा कार्यक्रम रहने गर्दछ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ‘गन्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्व सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्ने ।

प्रतिक्रिया दिनुहोस्