चितवनमा वृद्धमाथि सामूहिक बलात्कार


चितवन ,१६ माघ ।  चितवनको माडी नगरपालिका वडा नं. २ स्थित सितलपुरमा एक वृद्धमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा का माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दीप भण्डारी, २८ वर्षका रमेश सारू मगर र २५ वर्षका सुरेश चापागाईँ रहेका छन् ।

सामूहिक बलात्कारको आरोप लागेका तीन जना युवाले पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धलाई खोला नजिक लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले बताएका छन् ।

बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दीप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । अन्य दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको हो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ । पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्