एमसीसी विवाद आवश्यक नभएको : प्रधानमन्त्री ओली


काठमाडौँ ,१५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे विवाद गर्न आवश्यक नभएको बताएका छन् ।

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ ।’

कसको हिडन इन्ट्रेस्ट के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने उनले बताए । यो सम्झौता छिटो सांसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै हाम्रो स्वार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकूल असर नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्