शिक्षा सन्देशमा ‘बाल साहित्य महोत्सव २०७६’ सुरु


बेलवारी ,१५ माघ ।  शिक्षा सन्देश इङ्लिस स्कुल बेलवारीको आयोजनामा बाल साहित्य महोत्सव २०७६ सुरु भएको छ । बेलवारी नगरपालिका–१ स्थित विद्यालयको प्राङ्गणमा आज बुधवारदेखि बाल साहित्य महोत्सव २०७६ सुरु भएको हो ।

दुई दिने बाल साहित्य महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बेलवारी नगरका उपप्रमुख ढाका कुमारी पराजुलीले रिबीन काटेर गरेकी छन् ।
बाल साहित्य महोत्सवमा विद्यार्थीहरूले कविता वाचन, गायन कला, नृत्य प्रस्तुति, चित्रकला, हस्तकला गर्नुको साथै खानाका परिकारहरू बिक्रीमा विद्यार्थीहरूले आफै बनाएर राखेका छन् ।

कार्यक्रममा खेलकुद स्टल, होटेल म्यानेजमेन्ट, पुस्तक प्रदर्शनी, हस्तकला हरू तयार गरेर विद्यार्थीहरूले वर्ष भरी सिकेका ज्ञान रूपमा प्रस्तुति गरेका छन् । विशेष गरी बेलबारीको पहिलो जाति धिमाल जातिका खाना पारम्परिक खानाका परिकारहरू पनि राखिएको छ ।

कार्यक्रममा बेलवारी नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह , प्याब्सन केन्द्रीय लेखा समिति सदस्य खम्बसिं बस्नेत , प्याब्सन मोरङका अध्यक्ष बस्नेत लगायतको उपस्थिति रहेका थियो ।

महोत्सव बिहीबार सम्म हुने सञ्चालक समितिका अध्यक्ष लक्ष्मणजंग थापाले जनाएका छन् । कार्यक्रमको सञ्चालने शिक्षक केशु विरहीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्