नक्कली परिचयपत्रसहित नक्कली सेना पक्राउ


विराटनगर , १४ माघ ।  जिल्ला प्रहरी कार्यालय मोरङले नेपाली सेनाको अधिकृत दर्जाको नक्कली परिचय पत्र देखाउँदै हिन्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी जिल्ला दुहबी नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय सुभम विक्रम चन्द रहेको छ ।
उनलाई २०७६ माघ १ गते  जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.४ स्थितमा रहेको एयारपोटको कम्पाउन्ड भित्रबाट पक्राउ गरेको थियो ।
उनले ‘म नेपाली सेनाको प्राड उ.से.हुँ’ भनी आफ्नो कार्ड देखाई एयरपोर्ट ल्यान्ड हुने ठाउँमा प्रवेश गर्न खोज्दा सोही ठाउँमा सुरक्षामा खटिएको प्रहरी टोलीले निजको कार्ड माग गरी हेर्दा सक्कली कार्ड नभई नक्कली रहेको प्रारम्भिक सोधपुछको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को दफा २७६ र २७७ बमोजिम सरकारी छाप, कागजात दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्