फेसबुकको माध्यमबाट ठगी गर्ने आठ जना पक्राउ


विराटनगर ,१४ माघ ।  फेसबुकमा सामाग्रीहरू सस्तो मूल्यमा बिक्रीको लागी राखिएको भन्दै ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय निरञ्जन प्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीय शिवजी खड्का , २० वर्षीय देवी चौलागाई , सुनसरी धरान नगरपालिका वडा नं. २० बस्ने २० वर्षीय भावना राई , १९ वर्षीय सरिता परियार , २० वर्षीय वर्षा कार्की , २३ वर्षीय सानु गौतम र २१ वर्षीय लक्ष्मी कार्की रहेका छन् ।

फेसबुक पेजहरू मार्फत विभिन्न प्रकारका सामाग्रीहरू बिक्री गर्ने भनी पेज खोली उक्त पेजमा बिक्रीका लागि राखिएका सामाग्रीहरू किन्ने उद्देश्यले कमेन्ट तथा म्यासेज गर्ने ग्राहकहरूलाई विभिन्न प्रलोभनमा पारी निजहरूलाई म्यासेज गरी सामानको निश्चित मूल्यमा खरिद बिक्री गर्ने सहमति भए पश्चात् ग्राहकहरूले उक्त सामान प्राप्त गर्न प्रतिमा पराजुली, गरिमा खड्का, छत्र कुमारी धमला लगायतका मानिसहरूको नामको नक्कली कागजातहरू सहित खोलिएको बैङ्क खातामा रकम जम्मा गर्न लगाई ग्राहकलाई सामाग्री नदिई सम्पर्क विहीन हुने प्रहरीले जनाएको छ ।

उनीहरू मध्ये निरञ्जन अपराधको प्रमुख भई विभिन्न मानिसहरूको नागरिकताको फोटोकपी प्राप्त गरी उक्त नागरिकताको फोटोकपीको आधारमा मानिसहरूलाई बैङ्कको खाता खोल्दा रू.२ हजार र अन्य बैङ्कको खाता खोल्दा रु.१ हजार दिने सर्तमा विभिन्न बैंकहरूमा खाता खोली सोही खाता मार्फत ठगी कार्य गर्ने गरेको प्रहरीले बताएको छ ।
उनीहरूबाट जम्मा

रकम बरामद रु.६७ लाख ९९हजार ७ सय, कार्डहरू ३७ वटा र ३२ वटा, नेपाली ५ वटा, भारतीय चेकबुकहरु ५८ वटा, खाली चेकबुक १५ वटा, निरञ्जन प्रसाद आचार्यको नामको सक्कलै नागरिकता प्रमाणपत्र, सक्कलै भारतीय आधारकार्ड र आयकर विभागबाट प्राप्त गरेको कार्ड १ थान , भारतीय सवारी चालक अनुमति कार्ड, विराटनगर भन्सार कार्यालय सवारी साधनको अस्थायी पैठारी अनुमति पत्र ४० थान, भन्सार प्रज्ञापन पत्र काटिएको रसिद ४० थान, खाली भन्सार प्रज्ञापन रसिद प्याड १ थान, विभिन्न व्यक्तिको नाम र फोटो परिवर्तन गरिएको नागरिकताको फोटोकपी ३७ थान , NTC को सिमकार्ड थान ७, NCELL को सिमकार्ड थान ११, भारतीय सिमकार्ड ७ थान गरी २५ थान सिम कार्ड लगायत सामाग्रीहरू बरामद भएको छ । उनीहरू माथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्