आर्थिक लोभ देखाएर चिट्ठा विक्री गर्ने तीन जना पक्राउ


विराटनगर ,१४ माघ ।  जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणलाई आर्थिक लोभ देखाएर चिट्ठा विक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका वडा नं.२ बस्ने ३० वर्षीय किसन देव साह , रङ्गेली नगरपालिका वडा नं.६ नयाँ टोल बस्ने २२ वर्षीय कम्लेश कुमार मण्डल , जहदा गा.पा.वडा नं.७ बस्ने ४५ वर्षीय राजेश कुमार साह रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका टोलीले मिति २०७६ पौष २८ गते उनीहरूलाई उक्त संस्था रहेकै ठाउँबाट मा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूले आधिकारिक सरकारी निकायको नलिई गैरकानूनी रूपमा आफू खुसी कार, मोटरसाइकल, टिभी, रेफ्रीजेरेटर, साइकल, ग्यास चुलो समेतका विभिन्न इलेक्ट्रोनिक सामानहरू चिट्ठामा पर्छ भनी सर्वसाधारण मानिसहरूबाट रसिद काटी रकम असुली गरी ठगी धन्दा गरी रहेको विशेष सूचनाको आधारमा पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्