पहिचान नखुलेको युवकको शव फेला


विराटनगर ,१४ माघ ।  मोरङ र सुनसरी जिल्ला छुट्ट्याउने केशलिया खोला किनार नजिकै अन्दाजी २०–२५ वर्षको युवकको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने केशलिया खोला किनार नजिकै बालुवासँगै परालले पुरेको अवस्थामा शव भेटिएको हो ।

मङ्गलवार नग्न अवस्थामा भेटिएको शवलाई पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ र बालुवासँगै परालले छोपेको अवस्थामा खुट्टा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताएका छन् ।

युवकको पहिचान खुलेको छैन भने अनुहार र टाउको किच्याएर चिन्नै नसक्ने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव भेटिएको स्थान नजिकै वरपर लतपतिएको रगतका टाटाहरू छन् । थप भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्