‘कार्यकारिणी व्यवस्थापिकाबाट जन्मिने भएपछि जन्माउने आमा ठुलो कि बच्चा ठुलो?’ : डा. भट्टराई


काठमाडौँ ,१४ माघ । पूर्व प्रधानमन्त्री एंवम समाजवादी पार्टीका परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सङ्घीयता र समावेशिताको मुद्दा क्रमशः खोसिँदै जानुको साथै गम्भीर बहस र राष्ट्रिय मुद्दामा संसद्मा छलफल नै हुन नसकेको बताए ।

अध्यक्ष डा.भट्टराईले प्रतिनिधिसभामा धारणा राख्दै प्रदेशको नाम र राजधानी तोक्ने क्रममा सङ्घीयता र समावेशिताको मर्म विपरीतका काम भएको टिप्पणी गरे । पछिल्ला घटनाक्रमबाट संविधानले अगाडि सारेका सङ्घीयता समावेशिता जस्ता मुद्दा खोसिएका छन्, सङ्घीयता नाम मात्रको हुँदै गएको छ’ उनले भने ‘प्रदेशका जुन ढङ्गले नामकरण र राजधानी किटिदैछद्धन् । हिजो पञ्चायतको अञ्चल भन्दा फरक छैन ।’

भट्टराईले जनयुद्ध, मधेस आन्दोलन, जनजाति र थरुहट आन्दोलनको माग विपरीत प्रदेशको नामकरण र राजधानी तोकिएको टिप्पणी गरे भट्टराईले नेपालको संसद् झिनामसिना विषयमा नै अल्झिएको र सांसदहरूमा सांसदप्रति आकर्षण नै नभएको बताएका छन् । उनले गम्भीर बहस र राष्ट्रिय मुद्दामा संसद्मा छलफल नै हुन नसकेको बताए ।

उनले ‘मर्यादाक्रमको हिसाबले राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपति माथि हुनुर्पयो । त्यसपछि सभामुखको हुनुपर्ने हो तर नेपालको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशपछि सभामुख रहने व्यवस्था गरिएको छ ।

कार्यकारी प्रमुख वा प्रधानमन्त्री सांसदबाटै निर्वाचित हुने भन्दै भट्टराईले भने ‘कार्यकारिणी व्यवस्थापिकाबाट जन्मिने भएपछि जन्माउने आमा ठुलो कि बच्चा ठुलो ’ भनी प्रश्न सोधिएका थिए ।

प्रतिक्रिया दिनुहोस्