एमसीसी बहसबारे हतार गर्नु नपर्ने : सभामुख सापकोटा


काठमाडौँ ,१३ माघ ।  नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहसबारे हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेकोमा एमसीसी बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने बताएका छन् ।

उनले भने, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्ययन गर्दै जाऊँ न सबैले । यसलाई अहिले किन हतार गर्नुर्पयो ।
’एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मत बाझिएको छ ।

प्रतिक्रिया दिनुहोस्