गायिका आस्था प्रहरीसमक्ष उपस्थित


काठमाडौँ, १३ माघ ।  गायिका आस्था राउत सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी छन् । महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी राउत नातेदारसहित प्रहरीसमक्ष आएका छन् ।

आस्था सोमबार बिहानै परिसर पुगेर हाजिर भएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन्। अभद्र व्यवहारसम्बन्धी कसुरमा राउत विरुद्ध पक्राउ पुर्जी जारी भएपछि परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । प्रहरीले उनी आफैँ उपस्थित भएर कमजोरी स्वीकारेमा मुद्दा नचलाउने सङ्केत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्