सभामुखमा निर्वाचित अग्नि सापकोटाले शपथ खाए


काठमाडौँ, १३ माघ । राष्ट्रपति कार्यालय शितलनिवासमा सभामुखमा निर्वाचित अग्नि सापकोटाले आज (सोमबार) राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई शपथ खुवाएकी छन् भने समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणा, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित रहेका छन् ।

उनलाई नेकपाले सभामुख बनाउने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका थिए। द्वन्दकालमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई कारबाही गर्न माग गर्दे प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसैले उनलाई सभामुख बनाउने निर्णयपछि प्याकुरेलले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्