ओखलढुङामा दुर्घटना एकको मृत्यु तीन गम्भीर घाइते


ओखलढुङ्गा , १३ माघ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका –५ स्थित सिद्धडाँडामा आज बिहान बा.२१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित तीन जना गम्भीर घाइते भएका छन् ।

सोही स्थानका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ भने चालक सोही स्थानका जीत बहादुर बस्नेत , मृतकका छोरी कल्पना विश्वकर्मा र स्थानीय अमिता बुढाथोकी रहेका छन् ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले बताएको छ ।
गाउँबाट बिरामी लिएर सदरमुकाममा मिसन अस्पताल आउँदै गर्दा करिब ५०० मिटर तल खसेर गोपेखोलामा दुर्घटना ग्रस्त भएको छ । घटनाका कारण साँघुरो बाटो दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्