सापकोटालाई सभामुखमा चयन नगर्न सर्वोच्च अदालतमा रिट


काठमाडौँ ,१३ माघ ।  सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

गत शुक्रवार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो । हिजै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण हुदैछन् ।

प्रतिक्रिया दिनुहोस्