केराबारीमा बम आतङ्क : एनसेल टावरमा फेरि बम विस्फोट


केराबारी ,१३ माघ ।  मोरङको केराबारीमा शुक्रवार राती गाउँपालिका कार्यालयमा भएको बम विस्फोटको घटना सेलाउन नपाउँदै आइतबार साँझ २ नं.वडाको सिंहदेवी स्थित ढ्याङग्रे डाँडामा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ ।

घट्नाबाट के कति क्षति भएको भन्ने बारेमा जानकारी लिने र घट्नाका विषयमा जानकारी लिइरहेको मोरङ प्रहरीका नायव उपरीक्षक लोकदर्शन थापाले बताएका छन् ।
बम विस्फोटले टावरमा क्षति पुग्नका साथै मोवाल सेवा अवरुद्ध बनेको छ । बम विस्फोट पछि एक समूह नाराबाजी गर्दै हिँडेको स्थानीयले बताएका छन् । बम विस्फोट सँगै मूल गेटमा बम राखेर हिँडेको पाइएको छ । केराबारीमा जताततै बम विस्फोटको घटना बढेसँगै स्थानीय त्रसित बन्दै गएका छन् ।

बम निष्क्रिय पार्न थप क्षति हुन नदिन प्रहरी घटनास्थल पुगेका छन् । बम डिस्पोजका लागि सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको घटनास्थल आइपुगी नसकेको बताइएको छ । बम कसले र किन पड्काएको भन्ने कुरा हालसम्म जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्