अरुण तेस्रो जलविद्युत् आयोजनामा बम विष्फोट


सङ्खुवासभा, १२ माघ ।  सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसस्थलमा बम विष्फोट भएको छ ।

अपरिचित समूहले आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेको निर्माणाधीन नौ सय मेगावाटका अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस नजिकै कुकर बम विस्फोट गराएको हो ।

विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ कसले र कुन उद्देश्यले विष्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसअघि पनि पटक–पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले यस आयोजनामा बम विष्फोट गराउँदै आएकाले यसपल्ट पनि विप्लव कार्यकर्ताले विष्फोट गराएको हुनसक्ने सङ्खुवासभा प्रहरीको बताएको छ । तर अहिल्यै यसबारे यकिन विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्