बेलबारी जेसिसकाे एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न


बेलबारी, माेरङ / शैक्षिक पेसालाई प्रभावकारी बनाउने अभिप्रायका साथ बेलबारी जेसिसले आज एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न गरेको छ ।

बेलबारी २ लालभित्तीमा रहेका शिक्षा सन्देश ई स्कुलमा सञ्चालन उक्त कार्यशालाको उद्घाटन नेपाल जेसिसका ईभिपि विजय गुरुङले गरेका थिए ।

उक्त कार्यक्रममा नगरकार्यपालिका सदस्य खीना थापा, नेपाल जेसिसका भिपि कृष्ण सापकोटा, नेपाल जुनियर जेसिसका अध्यक्ष आरोग्य श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ बेलबारीका अध्यक्ष गोविन्द बस्नेत, शिक्षा सन्देश ई स्कुलका अध्यक्ष लक्ष्मणजङणग बस्नेत लगायतकाले सहभागिता रहेको थियो ।

प्रमुख अतिथि नेपाल जेसिसका ईभिपि विजय गुरुङले जेसिसकाे उद्देश्यबारेमा बताउँदै बेलबारी जेसिसले गरेको कामकाे खुलेर प्रशंसा गरेका थिए ।

सो अवसरमा बेलबारी नगरकार्यपालिका सदस्य खिना बस्नेत, शिक्षक महासङ्घ बेलबारीका अध्यक्ष गोविन्द बस्नेत, नेपाल जेसिसका भिपि कृष्ण सापकोटा लगायतकाले सहभागिता रहेको थियो ।

उक्त एकदिने तालिमकाे सहजिकरण प्रशिक्षक बासुदेव दाहालले गरेकाे थिए । बेलबारी जेसिसका वर्ष २०२० का अध्यक्ष राजेश खत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने महासचिव भूवन कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्