श्रीमती यातना दिने श्रीमान् पक्राउ


दाङ, ११ माघ । श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने ६६ वर्षीय मेगबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवाद हुँदा लमही नगरपालिका–१ का मेगले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मलद्वारमा आगोको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वलन थपलियाले बताएका छन् ।

प्रहरीका अनुसार सोदीको थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भई रहेको र उनको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्