नेकपा र काँग्रेस बिच मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा सहमति


काठमाडौँ, ११ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दैय अध्यक्ष र नेपाली काँग्रेसका सभापतिबिच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबिच साझा सहमति आवश्यक हुन्छ । त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने–‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्